विधुत्तीय गाडीको ठक्करबाट रुकुम पश्चिममा आमा–छोरीको मृत्यु

23 August, 2026 63 Views
विधुत्तीय गाडीको ठक्करबाट रुकुम पश्चिममा आमा–छोरीको मृत्यु
63

 काठमाडौं । सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा विद्युतीय सवारीसाधनको ठक्करबाट आमा–छोरीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी झविन्द्र परियारका अनुसार सिम्लीबाट चौरजहारीतर्फ जाँदै गरेको विद्युतीय सवारीसाधनले मुसिकोट खलङ्गाबाट सुर्खेततर्फ गइरहेको अर्को गाडीलाई आज बिहान ठक्कर दिएको थियो। ठक्करबाट उक्त गाडीमा सवार गुल्मीको रुरु क्षेत्र गाउँपालिका–४ बलेटक्सारकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी सान्दिका ज्ञवाली गम्भीर घाइते भएका थिए।

 

दुर्घटनापछि उद्धार गरी उपचारका लागि सल्लेस्थित जिल्ला अस्पताल पुर्‍याइएका दुवैलाई चिकित्सकले मृत घोषणा गरेका थिए।दुर्घटनामा ठक्कर दिने विद्युतीय सवारीसाधन र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Related Post