युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले लिए सक्रिय राजनीतिबाट विदा

युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले लिए सक्रिय राजनीतिबाट विदा
79

मंसिर, काठमाडौं । नेकपा एमालेका उपाध्यक्षद्धय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले अब सक्रिय राजनीति नगर्ने घोषणा गरेका छन् । दुवै नेताले ७० वर्षे उमेर हदको वकालत गर्दै केन्द्रीय कमिटीको आजको अन्तिम बैठकमा यो महाधिवेशनमा कुनै पदमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन् ।

दुवै नेताले उमेर हदमा फर्किन र अध्यक्ष केपी शर्मा ओली पनि विदा हुन आग्रह गर्दै आएका थिए । यो महाधिवेशनमा कुनै पदमा उम्मेदवार नबन्ने घोषणा गरेका ज्ञवाली र शाक्यले पार्टीमा भने आफ्नो अनुभवका आधारमा सक्रिय रहने बताएका छन् ।

Related Post