बजारमा खाना पकाउने ग्याँसको अभाव छैन: उद्योग तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव

27 July, 2026 54 Views
बजारमा खाना पकाउने ग्याँसको अभाव छैन: उद्योग तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव
54

काठमाडौँ । बजारमा खाना पकाउने एलपीजी ग्यासको आपूर्ति सहज रहेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले बताएकी छन् ।

पछिल्ला केही दिनयता ग्यास अभाव भएको भन्दै उपभोक्ताबाट गुनासो आएपछि मन्त्रालयले बजारको आपूर्ति अवस्था र मौज्दातबारे निगरानी बढाएको छ । मन्त्री यादवले बजारमा ग्यासको अभाव नरहेको दाबी गर्दै उपभोक्तालाई अनावश्यक रूपमा आत्तिनुपर्ने अवस्था नरहेको बताएकी हुन् ।

मन्त्रालयले तत्काल आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा सञ्चय नगर्न उपभोक्तालाई आग्रह गरेको छ । ग्यासको अनावश्यक सञ्चयले बजारमा कृत्रिम अभावको अवस्था सिर्जना हुन सक्ने भन्दै मन्त्रालयले उपभोक्तालाई संयमित हुन आग्रह गरेको हो ।

आपूर्ति व्यवस्थालाई सहज बनाउन मन्त्री यादवले नेपाल आयल निगमलाई बजार अनुगमन तथा वितरण प्रणाली व्यवस्थित गर्न निर्देशन दिएकी छन् । निगमले बजारको अवस्थाबारे नियमित अनुगमन गर्ने जनाएको छ ।

Related Post