मंसिर, काठमाडौं । पछिल्लो एक सातामा देशभर ९६ जनामा डेंगुको संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसिडी ले सार्वजिननिक गरेको तथ्यांक अनुसार अघिल्लो साताभन्दा यस साता संक्रमितको संख्या झण्डै दोब्बर अंकले बढेको छ । योसंगै नेपालमा संक्रमितको संख्या ८ हजार २ सय ६२ पुगेको छ ।
सबैभन्दा धेरै संक्रमित रहेको गण्डकी प्रदेशमा एकै सातामा ७२ जना सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या २ हजार १ सय ४५ पुगेको छ भने बागमतीमा २ हजार १ सय ३२, लुम्बिनीमा १ हजार ३ सय ४६, कोशीमा १ हजार ३६, सुदूरपश्चिममा ८ सय ६२, कर्णालीमा ५ सय ३० र मधेश प्रदेशमा जम्मा २ सय ११ जनामा डेंगुको सङ्क्रमण देखिएको इडिसिडीले जनाएको छ ।
जलवायु परिवर्तनका कारण पहाडी र हिमाली क्षेत्र पनि कीटजन्य रोगका लागि उपयुक्त वातावरण बन्दै गएपछि पछिल्ला वर्षहरूमा लामखुट्टेले चिसोसँग लड्ने क्षमता विकास गरिरहेकाले डेंगुको सङ्क्रमण नघटेको चिकित्सकहरू बताउँछन् ।