सभामुख डीपी अर्यालले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका मुख्य सचेतक तथा सचेतकहरूसँग छलफल गरेका छन्।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा जारी उक्त छलफलमा लामो समयपछि बस्न लागेको प्रतिनिधि सभाको बैठकलाई प्रभावकारी र व्यवस्थित रूपमा सञ्चालन गर्ने विषयमा केन्द्रित भएर विचारविमर्श भइरहेको जनाइएको छ।
छलफलमा बिहीबार बस्ने प्रतिनिधि सभाको बैठकको विषयमा केन्द्रित रहेको जनाइएको छ। लामो समयपछि प्रतिनिधि सभाको बैठक बिहीबार बस्दै छ।