सुनसरी घटना छानबिन गर्न समिति बन्यो

28 July, 2026 48 Views
सुनसरी घटना छानबिन गर्न  समिति बन्यो
48

सिम्रिक खबर काठमाडौँ ।
सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि उत्पन्न तनाव नियन्त्रण गर्न सरकारले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।

गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको नेतृत्वमा गठित उक्त समितिले एक हप्ताभित्र घटनाको अनुसन्धान गरी प्रतिवेदन पेश गर्ने कार्यादेश पाएको छ।

घटनापछि सुनसरीको अवस्था अशान्त बनेकाले स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ भने गृहमन्त्री सुधन गुरुङले सुरक्षा प्रमुखहरूसँग छलफल गरेका छन्।

१२ साउन, काठमाडौं । सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।

थापाको संयोजकत्वमा रहेको समितिमा नेपाल प्रहरीका एसपी विपिन रेग्मी, सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईं, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उपसचिव शालिग्राम भण्डारी र जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछाने सदस्य सचिव छन् ।यो समितिले घटना छानबिन गरी एकहप्ताभित्र प्रतिवेदन बुझाउने म्याद पाएको छ ।

समितिले यसखाले घटना दोहोरिन नदिन केके गर्न सकिन्छ भन्नेबारे पनि प्रतिवेदनमा उल्लेख गर्नेछ ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो । उक्त घटनापछि सुनसरी अशान्त छ । स्थिति नियन्त्रण बाहिर गएपछि प्रशासनले कर्फ्यु लगाएको छ ।

सुनसरीको उक्त घटनापछि गृहमन्त्री सुधन गुरुङले सोमबार सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका थिए । उक्त छलफलपछि ५ सदस्यीय समिति गठन भएको हो ।

Related Post