अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधि बन्दै स्नेहा राउत

16 September, 2026 134 Views
अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधि बन्दै स्नेहा राउत
134

काठमाडौँ । भारतमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस युनाइटेड नेसन २०२६’ मा नेपालबाट स्नेहा राउतले प्रतिनिधित्व गर्ने भएकी छन्।

ग्रिन आर्ट्स मिडिया प्रालिले राजधानीमा बुधबार आयोजना गरेको कार्यक्रममा राउतलाई ‘मिस युनाइटेड नेसन नेपाल २०२६’ को ताज पहिराउँदै प्रतियोगिताका लागि नेपालको आधिकारिक प्रतिनिधि घोषणा गरेको हो।

आगामी अक्टोबर ५ देखि भारतको नयाँ दिल्लीमा हुने प्रतियोगितामा राउत नेपालको तर्फबाट एक्लो प्रतिनिधि रहनेछिन्। ललितपुरकी २४ वर्षीया राउतले थाइल्यान्डबाट ब्याचलर इन बिजनेस स्टडिज पूरा गरेकी छन्।

कार्यक्रममा अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य, फोटोग्राफर महेश प्रधान, फेसन कोरियोग्राफर तथा पेजेन्ट निर्देशक अनिला श्रेष्ठलगायतले राउतलाई शुभकामना दिएका थिए।

राउतलाई प्रतियोगिताका लागि व्यक्तित्व विकास, प्रशिक्षण तथा प्रस्तुति तयारी गराइने बताइएको छ। राउतले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको कला, संस्कृति, सौन्दर्य, प्रतिभा र पहिचानलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने बताएकी छन्।

Related Post