एसीसी प्रिमियर कपमा नेपालको पहिलो भिडन्त बहराइनसँग, एसिया कपका लागि महत्वपूर्ण प्रतियोगिता

12 August, 2026 100 Views
एसीसी प्रिमियर कपमा नेपालको पहिलो भिडन्त बहराइनसँग, एसिया कपका लागि महत्वपूर्ण प्रतियोगिता
100

काठमाडौँ । मलेसियामा हुने एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले भदौ १५ गते बहराइनसँग पहिलो खेल खेल्दै प्रतियोगिताको सुरुवात गर्ने भएको छ। समूह ‘ए’ मा रहेको नेपालले बहराइनपछि भदौ १८ गते आयोजक मलेसिया, भदौ २१ गते साउदी अरेबिया र भदौ २३ गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ। सन् २०२७ को एसिया कपमा स्थान बनाउन नेपालले प्रिमियर कपमा शीर्ष तीनभित्र पर्नुपर्ने भएकाले प्रतियोगिता नेपाली टोलीका लागि महत्वपूर्ण मानिएको छ।

दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। सेमिफाइनल भदौ २५ गते तथा तेस्रो स्थानको खेल र फाइनल भदौ २७ गते हुनेछ।

प्रतियोगिताका लागि नेपालले सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिसकेको छ। टोलीमा रोहितकुमार पौडेल, आसिफ शेख, अर्जुन कुमाल, देव खनाल, दीपेन्द्र सिंह ऐरी, बसिर अहमद, इसान पाण्डे, गुल्सन कुमार झा, शेर मल्ल, ललित राजबंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा रहेका छन्।

Related Post