हराएको ३० वर्षपछि दोलखा फर्किए आकाश भैरवका अमूल्य मल्लकालीन मुकुट

19 June, 2026 233 Views
हराएको ३० वर्षपछि दोलखा फर्किए आकाश भैरवका अमूल्य मल्लकालीन मुकुट
233

करिब तीन दशकअघि दोलखाबाट चोरी भई अमेरिकाका विभिन्न संग्रहालयमा पुगेका ऐतिहासिक तथा धार्मिक महत्वका 'हाथ्वअर्थात् आकाश भैरवका दुई अमूल्य मल्लकालीन मुकुट कूटनीतिक र कानुनी पहलपछि स्वदेश फिर्ता भएका छन् । वि.सं. २०५० र २०५१ सालमा चोरी भएका यी मुकुटहरूले लामो समयदेखि दोलखाको मौलिक जात्रा र धार्मिक परम्परालाई प्रभावित पारेका थिए ।

 अन्ततः कडा सुरक्षाका साथ राष्ट्रिय संग्रहालयछाउनीबाट दोलखा पुर्‍याइएका यी मुकुटहरूलाई बिहीबार राजकीय सम्मान र परम्परागत धार्मिक विधिअनुसार पुनःस्थापना गरिएको छ ।

सदरमुकाम चरिकोटदेखि नै स्थानीय बासिन्दाजनप्रतिनिधि र सुरक्षा निकायका प्रतिनिधिहरूको भव्य उपस्थितिमा स्वागत गरिएका यी मुकुटहरूको पुनरागमनले दोलखावासीमा नयाँ उत्साह थपेको छ । यसले दोलखाको हराएको सांस्कृतिक गौरव र जात्रालाई पुनः जीवन्त बनाउन ठूलो भूमिका खेल्ने विश्वास गरिएको छ ।

यी बहुमूल्य सम्पदाहरूलाई नेपाल फर्काउन अमेरिकास्थित नेपाली दूतावासपुरातत्त्व विभाग र 'लस्ट आर्ट्स अफ नेपालजस्ता नागरिक अभियानहरूको ठूलो योगदान रहेको छ। विगत ३० वर्षदेखि यी मुकुटहरू नहुँदा दोलखाको प्रसिद्ध खड्ग जात्रा लगायतका अन्य सांस्कृतिक पर्वहरू प्रभावित भएका थिए र कलाकृतिहरू बिना नै जात्रा चलाउनु पर्ने बाध्यता थियो।

अमेरिकाको न्यूयोर्कस्थित रुबिन म्युजियम अफ आर्ट र डल्लास म्युजियम अफ आर्टमा फेला परेका यी मुकुटहरूको कूटनीतिक प्रमाणीकरण र कानुनी प्रक्रिया पूरा भएपछि मात्रै नेपाल फर्काउन सम्भव भएको हो। 

यो ऐतिहासिक पुनरागमनलाई नेपालको सांस्कृतिक कूटनीतिको ठूलो सफलताका रूपमा हेरिएको छ भने यसले विदेशमा रहेका अन्य चोरिएका मूर्ति र कलाकृतिहरू स्वदेश फर्काउने अभियानमा नयाँ ऊर्जा प्रदान गरेको छ।

Related Post