93
काठमाडौं । एसीसी प्रिमियर कपको उपाधि जितेर स्वदेश फर्किएको नेपाली क्रिकेट टोलीलाई विराटनगर किंग्सले नगदसहित सम्मान गर्ने भएको छ ।
विराटनगर किंग्सले नेपाली टोलीका कप्तान सन्दीप लामिछानेलाई १ लाख रुपैयाँ प्रदान गर्ने जनाएको छ । टोलीका अन्य खेलाडीलाई भने जनही ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।
विराटनगर किंग्सले यसअघि बाढीपीडितको सहयोगका लागि १५ लाख रुपैयाँ उपलब्ध गराएको थियो ।