सहकारी ठगी आरोपमा आङबाबु राईको बयान, तीन डमी खाता खोलेको स्वीकार

सहकारी ठगी आरोपमा आङबाबु राईको बयान, तीन डमी खाता खोलेको स्वीकार
17

काठमाडौं । सोलुखुम्बुको रुरल डेभलपमेन्ट बचत तथा ऋण सहकारीका अध्यक्ष आङबाबु राईले सहकारीमा तीनवटा डमी खाता सञ्चालन गरेको स्वीकार गरेका छन्।

सहकारी ठगीको आरोपमा परेको जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालतमा बयान दिँदै राईले सफ्टवेयरमा रकम जम्मा गर्न नमिल्ने भएपछि सञ्चालक समितिको निर्णयबाट डमी खाता खोलिएको दाबी गरेका हुन्।

उनले एउटा खाता कर तथा संस्थाको कामका लागि, अर्को बचतकर्ताको खातामा जम्मा हुन नसकेको रकम राख्न र तेस्रो कर्जा तथा अन्य खर्च व्यवस्थापनका लागि प्रयोग भएको बताएका छन्।

राईले आफूले सहकारीको रकम हिनामिना नगरेको र सबै कारोबार सञ्चालक समितिको निर्णयअनुसार भएको दाबी गरेका छन्। साथै, जाहेरवालाहरूले आफूले लिएको ऋण तथा आफू जमानी बसेको ऋण नतिरेका कारण आफूविरुद्ध उजुरी दिएको उनको दाबी छ।

Related Post