60
काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ। पछिल्लो कारोबारअनुसार ब्रेन्ट क्रुडको मूल्य करिब १०७.८२ अमेरिकी डलर र अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लूटीआई) करिब १०३.८० डलर प्रतिब्यारेलमा कारोबार भइरहेको छ।
साउदी अरबले ओमानको सोहार बन्दरगाहमार्फत थप कच्चा तेल पठाउन थालेपछि आपूर्ति अवरोधको चिन्ता केही कम भएको हो। यससँगै अमेरिकामा कच्चा तेलको भण्डार अपेक्षाविपरीत ७१ लाख ब्यारेल बढेको खबरले पनि मूल्यमा दबाब परेको छ।
यद्यपि मध्यपूर्वको तनाव र तेल आपूर्तिसम्बन्धी जोखिम कायम रहेकाले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अझै उच्च स्तरमा रहेको छ।