17
काठमाडौँ । महँगो बन्दै गएको सुनको भाउमा फेरि गिरावट आएको छ। मंगलबार सुन प्रतितोला १ हजार ७ सय रुपैयाँले घटेर ३ लाख २ हजार २ सयमा झरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेर ४ हजार ७ सय ७५ रुपैयाँ कायम भएको छ।
सोमबार छापावाल सुन प्रतितोला ३ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ५९ हजार ९० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य ४ हजार ९४ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।