भटमास तेल बन्यो नेपालको सबैभन्दा ठूलो निर्यात वस्तु

29 July, 2026 15 Views
भटमास तेल बन्यो नेपालको सबैभन्दा ठूलो निर्यात वस्तु
15

काठमाडौं। आर्थिक वर्ष २०८२/८३ मा नेपालबाट १ खर्ब २८ अर्ब रुपैयाँ बराबरको भटमासको तेल निर्यात भएको छ। भन्सार विभागका अनुसार यो रकम नेपालको कुल निर्यातको करिब ४० प्रतिशत हो।

गत आर्थिक वर्षमा नेपालले ५ लाख ९३ हजार ८ सय २३ मेट्रिक टन भटमासको तेल निर्यात गरेको छ। तेस्रो मुलुकबाट कच्चा भटमासको तेल आयात गरी नेपालमा प्रशोधन गरेर मुख्यतः भारतमा निर्यात गर्ने गरिएको छ, जसले विदेशी मुद्रा आर्जनमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

भटमास तेलको निर्यात पछिल्ला वर्षहरूमा उतारचढावपूर्ण रहेको छ। आर्थिक वर्ष २०७५/७६ मा २ अर्ब ३४ करोड रुपैयाँ रहेको निर्यात २०७७/७८ मा बढेर ५३ अर्ब ६५ करोड रुपैयाँ पुगेको थियो। त्यसपछि भारतको आयात नीतिका कारण केही कमी आए पनि पछिल्लो आर्थिक वर्षमा निर्यात उल्लेखनीय रूपमा बढेको देखिएको छ।

Related Post