गरिमा विकास बैंक लिमिटेड ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’ बाट सम्मानित

21 June, 2026 111 Views
गरिमा विकास बैंक लिमिटेड ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’ बाट सम्मानित
111

गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एन्ड समिट २०२६ मा विकास बैंक समूहतर्फ ‘डेभलपमेन्ट बैंक अफ द इयर २०२६’ बाट सम्मानित भएको छ ।

कर्पोरेट बिजनेस म्यागाजिनद्वारा मिति २०८३ आषाढ ४ गते, बिहीबार काठमाडौँको होटल र्‍याडिसनमा आयोजित कर्पोरेट बिजनेस अवार्ड एन्ड समिटको अठारौँ संस्करणमा यस विकास बैंक उक्त अवार्डबाट सम्मानित भएको हो ।

अवार्ड वितरण कार्यक्रमका विशेष अतिथि तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति माननीय हरि ढकालले यस विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्री माधव प्रसाद उपाध्याय र नायब प्रमुख कार्यकारी अधिकृत श्री अनिल रेग्मीलाई उक्त अवार्ड हस्तान्तरण गर्नुभएको हो । उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा विभिन्न व्यावसायिक संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

यस सुखद अवसरमा यस विकास बैंकलाई निरन्तर साथ, सहयोग एवम् माया गर्नुहुने सम्पूर्ण ग्राहक महानुभावहरू, सेयरधनी महानुभावहरू, नियमनकारी निकायहरू एवम् शुभचिन्तकहरू प्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौँ ।

ISO 9001:2015 र ISO 27001:2022 मान्यता प्राप्त यस विकास बैंक न्यू बिजनेस एज लिमिटेडद्वारा मे ८, २०२६ मा आयोजित न्यूबिज कन्क्लेभ एन्ड बिजनेस एक्सिलेन्स अवार्ड्सको दशौँ संस्करणमा ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२६’ बाट समेत सम्मानित भएको थियो ।

हाल, गरिमा विकास बैंक लिमिटेडले देशभर १२६ शाखा कार्यालय, ५१ एटीएम एवम् नवीनतम डिजिटल बैंकिङमार्फत करिब ९ लाख ग्राहकहरूलाई सरल, सुरक्षित एवम् गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

Related Post