गरिमा विकास बैंकले बालुवाटारस्थित आफ्नै भवनबाट थाल्यो सेवा

19 August, 2026 150 Views
गरिमा विकास बैंकले बालुवाटारस्थित आफ्नै भवनबाट थाल्यो सेवा
150

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो कर्पोरेट कार्यालय काठमाडौंको लाजिम्पाटबाट बालुवाटारस्थित आफ्नै भवनमा सारेको छ। बैंकले बुधबारदेखि नयाँ भवनबाट आफ्नो सम्पूर्ण कार्यालयीय तथा प्रशासनिक कार्य सञ्चालनमा ल्याएको जनाएको छ।

गत वर्ष कात्तिक २७ गते सम्पन्न बैंकको १९औँ वार्षिक साधारणसभाले केन्द्रीय कार्यालय स्थानान्तरण गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार कामपा–२, लाजिम्पाटमा रहेको बैंकको कर्पोरेट कार्यालय कामपा–३, बालुवाटारमा रहेको आफ्नै भवनमा सारिएको हो।

नयाँ भवनबाट बैंकको सम्पूर्ण कार्य सञ्चालन सुरु भएसँगै बैंकको केन्द्रीय कार्यालयसम्बन्धी सेवा तथा प्रशासनिक गतिविधि अब बालुवाटारबाट सञ्चालन हुनेछन्।

गरिमा विकास बैंक नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको विकास बैंक हो। बैंकको स्थापना २०६४ सालमा भएको हो। स्थापना भएदेखि नै बैंकले आफ्नो सेवा विस्तार गर्दै देशका विभिन्न स्थानमा शाखा सञ्जालमार्फत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

बैंकले व्यक्तिगत तथा संस्थागत ग्राहकलाई लक्षित गरी विभिन्न प्रकारका बैंकिङ तथा वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ। शाखा सञ्जाल विस्तारसँगै डिजिटल तथा आधुनिक बैंकिङ सेवामा समेत जोड दिँदै आएको बैंकले जनाएको छ।

लाजिम्पाटबाट आफ्नै भवनमा केन्द्रीय कार्यालय स्थानान्तरण गर्नु बैंकको संस्थागत विकास र दीर्घकालीन योजनासँग जोडिएको कदमका रूपमा हेरिएको छ। आफ्नै भवनबाट सञ्चालन सुरु गरेसँगै बैंकको प्रशासनिक व्यवस्थापन तथा कार्यालय सञ्चालन थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।

बैंकले आगामी दिनमा पनि ग्राहकको आवश्यकता र बदलिँदो बैंकिङ प्रणालीअनुसार सेवा विस्तार गर्दै आधुनिक, सहज र प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ।
 

Related Post