नारायणकाजी श्रेष्ठले प्रचण्डसंग मागे कार्यवाहक अध्यक्षको जिम्मेवारी, जनार्दनको पनि समर्थन

25 September, 2025 562 Views
नारायणकाजी श्रेष्ठले प्रचण्डसंग मागे कार्यवाहक अध्यक्षको जिम्मेवारी, जनार्दनको पनि समर्थन
562

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारी आफूलाई दिन माग गरेका छन्। जारी केन्द्रीय कमिटीको बैठकमा प्रचण्डलगत्तै बोलेका श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारीम मागेका हुन्।

उनले मंसिरमा विशेष महाधिवेशन गर्न सम्भव नहुने भन्दै चुनावपछि गर्ने प्रस्ताव पनि अघि सारे। प्रचण्डले भने केन्द्रीय कमिटी भंग गरेर मंसिरमा विशेष महाधिवेशको प्रस्ताव राखेका छन्। त्यसो त श्रेष्ठले आइतबारको पदाधिकारी बैठकमा पनि प्रचण्डसँग कार्यवाहक नेतृत्व मागेको थिए। श्रेष्ठको प्रस्तावमा प्रचण्डसँग अन्तरसंघर्ष जारी राखेका उपमहासचिव जनार्दन शर्माले पनि समर्थन जनाएका थिए।

Related Post