‘सिंहदरबार जलाउँछु भनेर भाषण गर्नेहरू खोजिनुपर्छ’– केपी ओली

26 September, 2025 393 Views
‘सिंहदरबार जलाउँछु भनेर भाषण गर्नेहरू खोजिनुपर्छ’– केपी ओली
393


काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले भ्रष्टाचार नगरेको अपराध सरह बनाइएको भन्दै गुनासो गरेका छन्। बिहीबार प्रेस चौतारी नेपालका पदाधिकारीहरूसँगको भेटमा उनले जेनजी आन्दोलनपछि योजनाबद्ध रूपमा आफूलाई निशाना बनाइएको दाबी गरे।

ओलीले विकासको खाका अघि बढाउँदा र हिंसालाई मूलधारमा ल्याउँदा पनि आफूलाई प्रहार गरिएको बताए। उनले २३–२४ भदौमा भएको तोडफोड र आगजनी जेनजीहरूले नगरेको स्पष्ट पार्दै, ‘सिंहदरबार जलाउँछु भन्नेहरू सरकारको खोजीमा आउनुपर्छ,’ भनेर सरकारलाई आग्रह गरे।
 

Related Post