भोटेकोशी बाढीपछि चिलिमे सुरुङमा चार शव भेटिए

16 September, 2026 105 Views
भोटेकोशी बाढीपछि चिलिमे सुरुङमा चार शव भेटिए
105

रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा चारवटा शव फेला परेका छन्।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि पुरिएको चिलिमे हाइड्रोको सुरुङमा नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त खोज तथा उद्धार टोलीले चारवटा शव फेला पारेको हो।

फेला परेकामध्ये एउटा शव सुरुङबाट बाहिर निकालिएको छ भने थप तीनवटा शव निकाल्ने काम भइरहेको छ।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सुरुङभित्र अझै जीवित वा मृत अवस्थामा मानिस हुनसक्ने सम्भावना रहेकाले खोजी तथा उद्धार कार्य जारी छ।

गत भदौ १० गते आएको बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा मानिस फसेको आशंकामा खोजी तथा उद्धार अभियान सञ्चालन हुँदै आएको हो

Related Post