154
हेटौंडाबाट काठमाडौं आउँदै गरेको विद्युतीय गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार गाडीमा ८ जना सवार थिए। दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने बाँकी चार जनाको उद्धार गरिएको छ।
उद्धार गरिएकामध्ये एक जनालाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ। अन्य घाइतेलाई काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
मंगलबार दिउँसो करिब २ बजे दुर्घटना भएको हो। प्रहरीका अनुसार गाडी सडकबाट करिब ५ सय मिटर तल भिरमा खसेको थियो।
दुर्घटनामा मृत्यु हुने तथा घाइतेहरूको पहिचान भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।