भोटेकोशी–त्रिशूली बाढी : ६ हजारभन्दा बढी घर बगे, १२ अर्बको क्षति

01 September, 2026 135 Views
भोटेकोशी–त्रिशूली बाढी : ६ हजारभन्दा बढी घर बगे, १२ अर्बको क्षति
135

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा १० भदौमा आएको विनाशकारी बाढीले ६ हजारभन्दा बढी निजी घर बगाएको र निजी आवासतर्फ मात्रै करिब १२ अर्ब रुपैयाँको क्षति पुगेको प्रारम्भिक सरकारी अनुमान छ।

शहरी विकास तथा भवन निर्माण विभागले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार बाढीबाट ४५ सरकारी तथा सार्वजनिक भवनमा समेत क्षति पुगेको छ। क्षतिको विस्तृत मूल्याङ्कन अझै जारी रहेकाले तथ्यांकमा फेरबदल हुन सक्ने विभागले जनाएको छ।

बाढीले घरबारविहीन बनाएका परिवारका लागि तत्काल अस्थायी आवास निर्माण गर्न मात्रै करिब ९० करोड रुपैयाँ आवश्यक पर्ने विभागको अनुमान छ।

हजारौँ घर बगाएपछि तत्काल राहतसँगै प्रभावित परिवारको पुनर्स्थापना र सुरक्षित आवास निर्माण सरकारका लागि ठूलो चुनौती बनेको छ।

Related Post