माइतीघरमा लघुवित्त पीडितले गरे आत्मदाह प्रयास, प्रहरीले गर्‍यो उद्धार

12 August, 2026 121 Views
माइतीघरमा लघुवित्त पीडितले गरे आत्मदाह प्रयास, प्रहरीले गर्‍यो उद्धार
121

काठमाडौँ । काठमाडौँको माइतीघरमा लघुवित्त पीडितहरूको प्रदर्शनका क्रममा एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन्।

सर्लाहीको चन्द्रनगर गाउँपालिका–६ का ४० वर्षीय नथुनी मुखियाले बुधबार शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका हुन्। घटनालगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएर उद्धार गरेको काठमाडौँका एसएसपी दिलीप घिमिरेले जानकारी दिए।

प्रहरीका अनुसार पेट्रोल शरीरमा छर्किसकेको अवस्थामा मुखियालाई उद्धार गरिएको थियो। उनलाई तत्काल उपचारका लागि वीर अस्पताल लगिएको र हाल उपचार भइरहेको छ।

लघुवित्तबाट पीडितहरूको समस्या समाधानको माग गर्दै प्रदर्शनमा सहभागी भएका मुखियाले प्रदर्शनस्थलमै आत्मदाहको प्रयास गरेका हुन्।

Related Post