सुन र चाँदी दुवैको मूल्य घट्यो, नयाँ भाउ सार्वजनिक

28 July, 2026 33 Views
सुन र चाँदी दुवैको मूल्य घट्यो, नयाँ भाउ सार्वजनिक
33

नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ दरअनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार २०० रुपैयाँ कायम भएको छ।

अघिल्लो कारोबार दिन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ रहेको सुनको मूल्य आज ४ हजार ३०० रुपैयाँले घटेको हो। यससँगै १० ग्राम सुनको मूल्य २ लाख ४३ हजार ६५५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ४४५ रुपैयाँ रहेको चाँदी आज १३५ रुपैयाँले घटेर ४ हजार ३१० रुपैयाँमा कायम भएको छ। त्यस्तै, १० ग्राम चाँदीको मूल्य ३ हजार ६९५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारको मूल्य र विदेशी विनिमय दरलाई आधार मानेर दैनिक रूपमा नेपाली बजारका लागि सुन तथा चाँदीको मूल्य निर्धारण गर्दै आएको छ।

Related Post